बैशाख २७, २०८१, बिहीबार
               

सरकारको खर्चमा निजी ल्याबले पीसीआर परीक्षण गर्ने

नेपाल फ्ल्यास
जेठ ३२, २०७७

ADVERTISEMENT

काठमाडौं । निजी ल्याबले पनि कोरोना परीक्षण पीसीआर गर्ने भएका छन् । 

निजी क्षेत्रका ल्याबले सरकारको खर्चमा पीसीआर परीक्षण गर्ने भएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पीसीआर टेस्टका लागि संकलन नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई जाँच्न दिइने बताएको छ ।

नियमति पत्रकार सम्मेलनमा मन्त्रालयले भन्यो, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृति लिई लिइएका पीसीआर टेस्टका नमुना अब आइन्दा आवश्यक प्रक्रिया पूरा गरी प्राइभेट ल्याबलाई पनि जाँच्न दिने व्यवस्था गरिएको छ ।’

यसरी यसरी जाँच गर्दा लाग्ने खर्च सरकारले व्यहोर्ने बताइएको छ । 

सरकारले अहिलेसम्म कोरोना परीक्षणका लागि देशका २० भन्दा  बढी ठाउँमा प्रयोगशालाको व्यवस्था गरेको छ । 

नमुना धेरै संकलन हुँदा परीक्षणको नतिजा आउन एक हप्ताभन्दा बढी समय लाग्ने भनी भन्दै केही स्थानमा आलोचना हुँदै आएको छ । 

यो पनि