जेठ ०६, २०८१, आइतबार
               

क्वारेन्टाइनमा बसेका अर्का युवाको मृत्यु

नेपाल फ्ल्यास
जेठ ३१, २०७७

ADVERTISEMENT

दाङमा क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिकाको भुटनेटना क्वारेन्टाइनमा बसेका १८ वर्षीय युवकको मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख भगत केसीले जानकारी दिए ।

माण्डवी गाउँपालिका वडा नम्बर ४ आपचौर निवासी ति युवा जेठ ११ गते क्वारेन्टाइनमा बसेका थिए ।

मृत्यु भएका व्यक्तिको पीसीआर जाँच गरेको रिपोर्ट अझै आएको छैन। जेठ २१ गते स्वाव संकलन गरेर परीक्षणको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । तर, रिपोर्ट भने अझै आइसकेको छैन ।

क्वारेन्टाइनमा बसेका युवालाई बान्ता हुने र स्वासप्रस्वासमा समस्या देखिएपछि शनिबार बिहान उपचारको लागि अस्पताल लगिएको थियो । तर, जिल्लाका  कुनै पनि अस्पतालले गम्भीर बिरामीलाई भर्ना नलिने बताएपछि बुटवल लैजाने क्रममा उनको मृत्यु भएको हो ।

 केसीले भने, ‘सुरुमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा उनलाई त्यहाँ भर्ना गर्न मानिएन् । त्यसपछि कोरोना विशेष अस्पताल बेल्झुण्डी लगियो । त्यहाँ पनि कोरोना पुष्टि भएकालाई मात्रै भर्ना गरेर उपचार गर्ने बताएपछि बुटवल लैजान थालियो’ 


कस्तो लाग्यो ?

यो पनि