बैशाख २८, २०८१, शुक्रबार
               

सेयर बजार खुलाउन माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता

नेपाल फ्ल्यास
जेठ २९, २०७७

ADVERTISEMENT

काठमाडौं । सेयर बजार खुलाउन माग राख्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । 

सेयर  कारोबार गर्नेहरुले लामो समय सेयर कारोबार बन्द हुँदा पेसा गर्ने नैसर्गिक अधिकार हनन भएको र सोको रक्षाका लागि  सेयर बजार खुलाउन माग गर्दै सो रिट निवेदन दर्ता भएको हो । 

रिटमार्फत अधिवक्ताद्वय रपिश पोखरेल र हरिप्रसाद दाहालले दायर गरेका हुन् । 

सो रिट निवेदनमा दोस्रो बजारमार्फत कारोबार हुने धितोपत्र बजारको कारोबार नियमित गर्न माग गरिएको छ । 

सेयर कारोबार पूर्णरुपमा ‘डिजिटल’ भइसकेको र अनलाईन सिस्टमबाट हुने भन्दै निवेदनमा त्यसले कोरोना संक्रमणको जोखिम नपारे पनि अनेक बाहनामा लामो समय बन्द गरिनु नाजायज भएको बताइएको छ । 

लकडाउनको अवधी मै केही दिन कारोबार भएर सेयरबजार पुनः बन्द भएको थियो । 

यो पनि