जेठ ०६, २०८१, आइतबार
               

क्वारेन्टाइनका सामानसहित ४० जना फरार

रासस
जेठ २७, २०७७

ADVERTISEMENT

महोत्तरी । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकास्थित क्वारेन्टाइनबाट  सरसामान सहित ४० जना फरार भएका छन् ।

भारतका विभिन्न शहरबाट आएर  १४–१५  दिनदेखि सम्सी ७ स्थित जनता माविमा सञ्चालित क्वारेन्टाइनमा बस्दै आएका ४५ मध्येका उनीहरु क्वारेन्टाइनमा आफूहरुलाई दिइएको सरसामान लिएर भागेको क्वारेन्टाइन इञ्चार्ज सुनिलकुमार यादवले बताए।

उनीहरु छिमेकी गैंढा, भेंटपुर, पोखरभिण्डा, संग्रामपुर र सम्सी गाउँका हुन् ।

उनीहरु क्वारेन्टाइनबाट भागेको जानकारी लिखित रुपमै गाउँपालिका, वडा कार्यालय र प्रहरीचौकी  दिइसकिएको भए पनि अहिलेसम्म खोज्न कुनै पहल नभएको यादवले बताए ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि