काठमाडौं । नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या १४ पुगेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार सोमवार सोमबार १ जनाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको हो।यो सँगै मृत्यु हुनेको संख्या १४ पुगेको हाे ।
स्याङ्जा वालिङका एक पुरुषको पोखरामा उपचारका क्रममा मृत्यु भएको हो । पोखरास्थित गण्डकी प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उनको सोमबार बिहान निधन भएको हो। मृतकमा कोरोना संक्रमण आइतबार साँझ मात्रै पुष्टि भएको थियो । उनी जेठ २१ गते राति भारतबाट वालिङ आइपुगेका थिए । स्वास्थ्यमा समस्या आएपछि २२ गते बिहानै पोखरा पठाइएको थियो ।