असोज ०६, २०८१, आइतबार
               

कोरोना रिपोर्ट नेगेटिभ देखिएपछि घर गएर बस्न नपाउदैँ एकको मृत्यु

नेपाल फ्ल्यास
जेठ २६, २०७७

ADVERTISEMENT

जनकपुरमा काेराेना रिपाेट नेगेटिभ द‍ेखिएकाे भनेर घर पठाइएका महोत्तरीका एक व्यक्तिको मुत्यु भएकाे छ । शनिबार क्वारेन्टाइनबाट गौशाला नगरपालिका १० बटौलास्थित घर गएका उनको आइतबार राति मृत्यु भएको हो ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद कटुवालले क्वारेन्टाइनबाट घर गएका ४० वर्षका पुरूषको मृत्यु भएको जानकारी दिए । उनका अनुसार ती व्यक्तिले अत्यधिक रक्सी सेवन गर्दथे ।

ती व्यक्ति गत जेठ ६ गते भारतको हरियाणाबाट आएका थिए । उनलाई गौशाला नगरपालिकाको क्वारेन्टिनमा राखिएको थियो । क्वारेन्टाइनमा रहेका ती पुरूषसहित २६ जनाको स्वाब संकलन गरी जाँच गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीसहित २० जनालाई घर पठाइएको थियो । प्रमुख जिल्ला अधिकारी कटुवालले उनको मृत्युु रक्सी सेवनले नै भएको जिकीर गरेका छन् ।

गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोले मृतकको फेरि स्वाब संकलन गरी मृतकको दाहसंस्कार गरिसकेको जानकारी दिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि