मंसिर ०७, २०८१, शुक्रबार
               

प्रदेश ५ का १० संक्रमित डिस्चार्ज

रासस
जेठ २५, २०७७

ADVERTISEMENT

दाङस्थित कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० संक्रमित कोरोना जितेर घर फर्किएका छन् । 

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सर्वेश शर्माका अनुसार बाँकेका पाँच, कपिलवस्तु र दाङका दुई–दुई तथा बर्दियाका एक जना आइतबार घर फर्किएका हुन् । 

तीमध्ये केहीलाई कोरोना रिपोर्ट नेगेटिभ आएको र  केहीलाई भने लक्षण नै नभएपछि घर फर्काइएको अस्पतालले जनाएको छ ।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ आइसोलेशन व्यवस्थापनसम्बन्धी निर्देशिकामा कुनै पनि लक्षण नदेखिएपछि संक्रमितलाई १४ दिनपछि घर पठाइने उल्लेख छ ।  

उनीहरु फर्किएसँगै बेलझुण्डीमा अब ४५ जना संक्रमितको उपचार भइरहेको छ । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि