असोज ०६, २०८१, आइतबार
               

मृतकमा कोरोना पोजेटिभ देखिएपछि प्रहरी मलामीको खोजीमा

नेपाल फ्ल्यास
जेठ २४, २०७७

ADVERTISEMENT

काठमाडौं । डायलिससको क्रममा मृत्यु भएकी बिरामीका मलामीको खोजीमा प्रहरी जुटेको छ । 

डायलासिसका क्रममा मृत्यु भएकी कैलालीकी ५५ वर्षीया महिलाको अन्त्येष्टिपछि कोरोना पोजेटिभ भएपछि प्रहरी मलामीको खोजी कार्यमा जुटेको हो । 

धनगढी उपमहानगरपालिका–४ की महिलालाई शुक्रबार बिहान सेती अस्पतालको डायलासिस सेन्टरमा लगी आरडीटी गरिएको थियो । 
आरडीटी गर्दा उनको रिपोर्ट नेगेटिभ आएको थियो । 

उनमा आरडीटी नेगेटिभ देखिएसँगै उनको शव अस्पतालले परिवारलाई बुझाएको थियो । 

शव प्राप्त भएसँगै आफन्त र परिवारले सो शव शनिबार मोहना घाटमा अन्त्येष्टि गरेको थियो ।

शवको अन्त्येष्टि गरेपछि रिपोर्ट पोजेटिभ आएको छ । 

‘बिहान १० बजेतिर मोहनामा लागेर अन्त्येष्टि गरियो । अन्त्येष्टि गरेको केही घन्टापछि कोरोना संक्रमणको पुुष्टि भयो,’ धनगढी–४ का वडाध्यक्ष दीपक थापाले भने । 

संक्रमितको महिलाको अन्त्येष्टिमा २०/२२ जना मलामी सहभागी भएका जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी हिक्मत थापा मृतकको मलामीमा सहभागी भएकाहरुको खोजी कार्य सुरु गरिएको जानकारी दिए ।  

उनले भने, ‘केही मलामी सम्पर्कमा आएका छन्, केहीको खोजी भइरहेको छ ।’


कस्तो लाग्यो ?

यो पनि