जेठ ०५, २०८१, शनिबार
               

स्वदेश फर्कन चाहनेहरुलाई सरकारले फिर्ता ल्याउनुपर्ने कांग्रेसकाे भनाइ

नेपाल फ्ल्यास
जेठ २४, २०७७

ADVERTISEMENT

काठमाडौं । कांग्रेसको नेपाली कांग्रेसका जनसम्पर्क समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराईले विज्ञप्ति जारी गर्दै स्वदेश फर्कन चाहनेहरुलाई फिर्ता ल्याउन आग्रह गरेका छन् । 

उनले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘विदेशका जुकसुकै कुनामा रहेका नेपालीलाई आफ्नो घर र्फकन पाउने अधिकार भएकाले संख्या नतोकी आउन चाहनेलाई सरकारले ल्याउनुपर्छ ।’

विदेशमा रहेर कोरोनाका कारण रोजगारी गुमाएका र नेपाल आउने खर्च जुटाउन नसक्नेहरुलाई सरकार खर्च गरेर भए पनि ल्याउनुपर्ने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 
साथै, कांग्रेसले विदेशबाट ल्याइएका सबैलाई मापदण्डअनुरुप पीसीआर गरी क्वारेन्टाइनमा राख्न भनेको छ । 

सरकारले विदेशमा रहेका नेपालीलाई घर फिर्ता गर्ने अभियान सुरु गरेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारसँग शनिबार यस्तो आग्रह गरेको हो । 


कस्तो लाग्यो ?

यो पनि