जेठ ०२, २०८१, बुधबार
               

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

नेपाल फ्ल्यास
जेठ २४, २०७७

ADVERTISEMENT

बुटवल । पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर–७ का अध्यक्ष देवेन्द्र पुन घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले शनिबार बिहान वडाध्यक्ष पुनलाई तीन लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । 

अख्तियारका अनुसार, वनको काठ खरिद गर्दा सहजीकरण गरिदिने भन्दै उनले ठेकेदारसँग घुस लिएका थिए । 

सो घुसबापतको रकम लिँदै गरेको अवस्थामा पुनलाई सालझन्डी–१० सैनामैनाबाट नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए । 

उनीमाथि थप अनुसन्धान भइरहेको छ । 


कस्तो लाग्यो ?

यो पनि