जेठ ०६, २०८१, आइतबार
               

क्वारेन्टाइनमा एक पुरुषको मृत्यु

नेपाल फ्ल्यास
जेठ २४, २०७७

ADVERTISEMENT

बाजुरा । बाजुराको एक क्वारेन्टाइनमा बसेका ६५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

खप्तड छेडेदह गाउँपालिका–७ मा रहेको आधारभुत विद्यालयको क्वारेन्टाइनमा बसेका उनको आज बिहान मृत्यु भएको हो ।

उनी जेठ १५ गते भारतबाट आएका थिए । उनी दमको बिरामी रहेको बुझिएको छ । 

उनमा कोरोना संक्रमण भए–नभएको बुझ्नका लागि स्वाब संकलन गरेर परीक्षण गर्ने तयारी भइरहेको छ । 

उनको रिपोर्ट आएपछि मात्र शवको व्यवस्थापन गरिने बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि