बैशाख २६, २०८१, बुधबार
               

तरकारी नष्ट गर्न जबरजस्ती गरे कारबाही गर्न निर्देशन

नेपाल फ्ल्यास
जेठ २१, २०७७

ADVERTISEMENT

काठमाडाैं । तरकारी नष्ट गर्न जबरजस्ती गरे कारबाही गर्न गृहमन्त्रालयले निर्देशन दिएको छ । 

सोमबार कास्की, चितवन र धादिङबाट लगिएको तरकारी नष्ट भएका समाचार बाहिरिएसँगै गृह मन्त्रालयले स्थानीय प्रशासनलाई तरकारी नष्ट नगर्न र कसैले जबरजस्ती गरे कारबाही गर्न  निर्देशन दिएको हो । 

तरकारी नष्ट भएको विषय चौतर्फी विरोध भएसँगै कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गृहलाई पत्र लेख्दै तरकारीलगायत कृषि उपजको ढुवानी रोकेर नष्ट नगर्न आग्रह गरेपछि गृहले यस्तो निर्देशन दिएको हो । 

साथै, गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै तरकारी नष्ट नगर्न र कसैले जबरजस्ती गरे कारबाही गर्न निर्देशन दिएको छ । 

गृह मन्त्रालयले तरकारीलाई निर्वाध रुपमा बजारसम्म पुर्‍याउने व्यवस्था मिलाउन स्थानीयलाई निर्देशन दिएको गृहले जानकारी दिएको छ ।

यो पनि