जेठ ०४, २०८१, शुक्रबार
               

क्वारेन्टाइनमा एक महिलाको मृत्यु

नेपाल फ्ल्यास
जेठ २१, २०७७

ADVERTISEMENT

डडेल्धुरा । डडेल्धुराको क्वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ । 

गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभुत विद्यालय रौनाकोट क्वारेन्टाइनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक महिला र उनका श्रीमान भारतबाट चार दिन पहिले आएको वडाल प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर विष्टले बताए ।

राति शौचालय गएकी महिला एक्कासी बेहोस भएपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले महिलाको मृत्यु भएको पुष्टि गरे । 

उनका अनुसार, घटनास्थलमा चिकित्सकको टोली जाँदै छ ।


कस्तो लाग्यो ?

यो पनि