जेठ ०१, २०८१, मंगलबार
               

दुई सहायक अधिकृत घुससहित रङ्गेहात पक्राउ

नेपाल फ्ल्यास
जेठ २१, २०७७

ADVERTISEMENT

ताप्लेजुङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख रुपैयाँ घुस (रकम) सहित ताप्लेजुङका दुई सहायक वन अधिकृतलाई पक्राउ गरेको छ । 

डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृतद्वय वीरेन्द्र शाह र जीवनकुमार यादवलाई मङ्गलबार साँझ दुई लाख घुससहित रङ्गेहात पक्राउ गरिएको हो । 

उनीहरुले सेतक चिनीको छोडपूर्जी बनाएवापत सेवाग्राहीसँग घुस माग्ने गरेको भन्ने सूचना अख्तियारमा पुगेको थियो । 

सोहीअनुसार अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट एक÷एक लाख घुस लिँदै गर्दा रङ्गेहात नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीका प्रमुख चक्रबहादुर बुढाले जानकारी दिए । 

नियन्त्रणमा लिइएका दुवै जनालाई थप अनुसन्धानका लागि काठमाडौँ पठाइने बताइएको छ । 

अख्तियारका अनुसार सेवाग्राही र सेवा प्रदायकबीच कार्यालयमा नै घुस रकमको लेनदेन भएको थियो । 


कस्तो लाग्यो ?

यो पनि