जेठ ०४, २०८१, शुक्रबार
               

क्वारेन्टाइनमा महिलाको मृत्यु

नेपाल फ्ल्यास
जेठ २०, २०७७

ADVERTISEMENT

भारतबाट आएकी बैतडीकी २८ वर्षीया महिलाको क्वारेन्टाइनमा मृत्यु भएको छ । पुर्चौडी नगरपालिका(४ स्थित मालिका माविको क्वारेन्टिनमा रहेकी उनको गएराति मृत्यु भएको मेयर रणबहादुर कुँवरले जानकारी दिए।

मृतक महिला पाँच दिनअघि मात्र पञ्जाबबाट आफ्नो बच्चा र श्रीमानसहित बैतडी आएकी थिइन्।उनीहरू भारतबाट आएलगत्तै क्वारेन्टाइनमा बसिहरेका थिए। मेयर कुँवरका अनुसार मृतक महिला मुटुको दीर्घरोगी हुन्।

भारतमा बस्दै आएकी उनी त्यहाँ पनि मुटुको औषधि सेवन गर्थिन्। अहिले मृतक महिलाको कोरोना परीक्षण गर्ने तयारी भइरहेको छ।परीक्षणका लागि स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनस्थलमा पुगिसकेको छ। स्वाब परीक्षणको लागि भने धनगढी पठाउनुपर्ने हुन्छ।


कस्तो लाग्यो ?

यो पनि