बैशाख ३०, २०८१, आइतबार
               

२९ वर्षीया सुत्केरीको मृत्यु

नेपाल फ्ल्यास
जेठ १८, २०७७

प्रतिकात्मक फोटो
ADVERTISEMENT

डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सुजङ अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । 

इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रमेश शाहीका अनुसार मृत्यु हुनेमा जिल्लाको केआइसिंह गाउँपालिका–४ वायलकी २९ वर्षीया नारु कार्की रहेकी छिन् । 

मृत्युको कारणबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ । 

सुत्केरी व्याथा लागेर तीन दिन पहिले अस्पताल भर्ना भएकी उनीको शल्यक्रियामार्फत सुत्केरी गराइएको थियो । 

सुत्केरी भएको दुई दिनपछि आज बिहान उनीको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । 

नावजात शिशुको अवस्था सामान्य रहेको अस्तालले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि