जेठ ०४, २०८१, शुक्रबार
               

बलात्कारको आरोपमा अरु दुई पक्राउ

रासस
जेठ १८, २०७७

ADVERTISEMENT

तिनाउ गाउँपालिकाको दोभान क्षेत्रमा किशोरी बलात्कारको आरोपमा अरु दुईजना पक्राउ परेका छन् । यसअघि प्रहरीले तीनजनालाई पक्राउ गरिसकेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज श्रेष्ठका अनुसार घटनामा थप दुई संलग्न देखिएकाले शनिबार नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा तिनाउ गाउँपालिका–३ का मनीष रुचाल र अमृत रावल छन् ।

यसअघि यही जेठ १६ गते तिनाउ भुतखोलाका २८ वर्षीय एकबहादुर दिशा र ४३ वर्षीय वसन्त सैँजु तथा बगनासकाली गाउँपालिका पोखराथोकका २४ वर्षीय दिलबहादुर कुमाल पक्राउ परेका थिए । 

किशोरीलाई दोभान क्षेत्रमा शुक्रबार बलात्कार गरेको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय र दोभान प्रहरी कार्यालयबाट गएका प्रहरीले अभियुक्तलाई पक्राउ गरेका हुन् ।  
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि