जेठ ०४, २०८१, शुक्रबार
               

क्‍वारेन्टाइनमै बालकको मृत्यु, रिपोर्ट आउन बाँकी

नेपाल फ्ल्यास
जेठ १८, २०७७

ADVERTISEMENT

काठमाडौं । शनिबार राति क्‍वारेन्टाइनमा बालकको मृत्यु भएको छ । डडेल्धुराको क्वारेन्टाइनमा राखिएका एक बालकको मृत्यु भएको हो । मृत्यु हुने बालक डडेल्धुराको नवदुर्गा गाउँपालिका ३ का साढे ६ वर्षीय भएको प्रहरीले जनाएको छ ।

शनिबार राति १२ बजेपछि जिल्ला सदरमुकाम नजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका बालक मृत्यु भएको बताइएको छ ।

ती बालक आफ्ना आमाबाबुसँगै भारतको मुम्बइबाट डडेल्धुरा आएको डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीशचन्द्र विष्टले जानकारी दिए ।

ती बालक मलेरिया रोगबाट ग्रसित भएको र थप रिपोर्ट आउन बाँकी रहेको उनले बताए । बालकको शव अहिले डडेल्धुरा अस्पतालमै राखिएको छ । उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि