जेठ ०४, २०८१, शुक्रबार
               

सोती घटना योजनाबद्ध भएको सांसदहरुको निष्कर्ष

नेपाल फ्ल्यास
जेठ १७, २०७७

ADVERTISEMENT

काठमाडौं । पीडित परिवारसँगको भेटघाट, घटनास्थल र सोतीगाउँको स्थलगत अध्ययनसँगै कर्णाली प्रदेशसभाका सांसदले सोती घटना योजनाबद्ध भएको निष्कर्ष निकालेका छन् । 

घटनास्थल पुगी स्थानीयबासी र प्रत्यक्षदर्शीलाई भेटेर कर्णाली प्रदेश फर्किएका सांसदहरुले यस्तो निष्कर्ष निकालेका हुन् । 

निष्कर्षसँगै उनीहरुले घटनाको न्यायिक र निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने उनीहरुले बताएका छन् । 

नेकपाकी सचेतक सीता नेपालीले घटना जातीय विभेदका कारण भएको बताएकी छिन् । 

साथै, उनले जघन्य अपराध, मानवताविरुद्धको अपराध र यो नरसंहार विनायोजना सम्भव नभएको पनि बताइन् । 

‘चोट छ, रगत बगेको देखिन्छ, हामीले लोकेन्द्र सुनारको शव आफै हे¥यौँ, उनले भनिन्, ‘आकस्मिक यस्ता घटना हुँदैनन् ।’ 

सचेतक नेपाली, सामाजिक विकास समितिका सभापति राजु नेपाली, सांसद रातो कामी, दानसिङ परियार र झोवा विकले घटनास्थलको अवलोकन गरेका थिए । 

यो पनि