मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुग्यो, अस्पताल सिल गरिँदै

नेपाल फ्ल्यास
जेठ १५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पाँच जना पुगेको छ ।  ललितपुर महानगरपालिका– २२ बुङमतीका एक पुरुषको मृत्यु भएपछि कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै यस भाइरसबाट नेपालमा मृत्यु हुनेको संख्या पाँचजना पुगेको छ ।

ती ५७ वर्षीय एक पसरुुषको बुधबार दिउँसो ४ बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । मृत्युपछि आएको पीसीआर रिपोर्टको नतिजा पोजिटिभ देखिएको  स्रोतको भनाइ छ।  

हाल मृतकको शव अस्पतालमै राखिएको छ भने उक्त अस्पताललाई सिल गर्न पनि प्रहरी गएको बताइएको छ । यसअघि नेपालमा चार जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।  मृत्यु हुनेमा एक महिला र चार पुरुुष रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि