असोज ०५, २०८१, शनिबार
               

खोलाले बगाउँदा एकको मृत्यु

रासस
जेठ १४, २०७७

ADVERTISEMENT

खोलाले बगाएर पोखरामा मङ्गलबार एकजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१ गाईघाट शान्तिचोकका ६५ वर्षीय मानबहादुर परियारको मृत्यु भएको जनाएको छ ।

घर नजिकै रहेको गाईघाट नदीमा हातखुट्टा धुन गएका बेला नदीले बगाएर परियारको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । 

उनका अनुसार शव काली र सेती खोलाबीचको खोँचमा मङ्गलबार दिउँसो १२ बजेतिर फेला परेको थियो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ । 
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि