असोज ०६, २०८१, आइतबार
               

अनुगमनमा निस्केका प्रहरी हबल्दारको मृत्यु

रासस
जेठ १३, २०७७

ADVERTISEMENT

इलाम–पाँचथर सीमावर्ती राँकेबजारमा बन्दाबन्दीको अनुगमनमा निस्केका एक प्रहरी हवल्दारको ट्रकको ठक्करबाट ज्यान गएको छ । 

सवारी आवागमनको अनुगमनका लागि सादा पोशाकमा खटाइएका प्रहरी हबल्दार नवीन बस्नेतको सोमबार भएको दुर्घटनामा मृत्यु भएको हो । 

लकडाउनको प्रभावकारी कार्यान्वयनका लागि सीमा क्षेत्रमा भइरहेको सवारी आवागमनको अनुगमन गर्न प्रहरी चौकी राँकेबाट बस्नेतलाई खटाइएको थियो । 

उनी एक स्थानीयवासीको मोटरसाइकल लिएर इलामतर्फ गइरहेका थिए । 

राँकेबजारको चामु होटल छेउमा बस्नेत सवार मे११प ४६६ नंको मोटरसाइकल र झापाको विर्तामोडबाट फिदिम आइरहेको मे१ख १८६३ नंको ट्रक ठोक्किँदा बस्नेत गम्भीर घाइते भइ ढलेका थिए । 

उपचारका लागि जिल्ला अस्पताल इलाम पुर्‍याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रोमनराज अर्यालले जानकारी दिए ।

प्रहरी हबल्दार बस्नेत चिलिङ्दिन प्रहरी चौकी राँकेमा कार्यरत थिए । दुर्घटनामा ठक्कर दिने ट्रकका चालक कमल सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । झापाको अर्जुनधारा घर भएका बस्नेत केही महिनादेखि उक्त चौकीमा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि