जेठ ०६, २०८१, आइतबार
               

कोरोना जाँच नगरेको भन्दै एकैसाथ ३० जना क्वारेन्टाइनबाट बाहिरिए

नेपाल फ्ल्यास
जेठ १३, २०७७

ADVERTISEMENT

काठमाडौं । कपिलवस्तुको क्वारेन्टाइनमा बसेका ३० जना क्वारेन्टाइनबाट बाहिरिएका छन् । 

क्वारेन्टाइनमा बसेको दुई हप्तासम्म पनि कोरोना जाँच नभएको भन्दै उनीहरु एकैसाथ बाहिरिएका हुन् । 

कपिलवस्तु नगरपालिका वडा नं. ४ मलपरवा स्थित सुन्दर प्राथमिक विद्यालयमा बसेका ३० जना सबै सोमबार राति साढे ९ बजे क्वारेन्टाइन छाडेर हिँडेका छन् । 

यसरी क्वारेन्टाइनमा बसेका व्यक्तिहरु कोरोना जाँच नगरी आ–आफ्नो घर गएपछि स्थानीय त्रसित भएका छन् ।

क्वारेन्टाइनमा बसेका व्यक्तिहरु भारतको मुम्बईलगायत सहरबाट फर्केका हुन् । 

दुई हप्तासम्म बस्दा पनि कोरोनाको जाच नभएपछि आक्रोश पोख्दै क्वारेन्टाइन छाडेर बाहिरिएका स्थानीयले बताएका छन् । 

तर, कपिलवस्तु प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीप शमशेर जबराले क्वारेन्टाइनमा बसेका व्यक्ति भागेको भन्ने जानकारीसँगै सो घटनाबारे प्रहरीले बुझ्ने प्रयास गरिरहेको बताए । 

यो पनि