जेठ ०७, २०८१, सोमबार
               

लुभूमा आलोपालो खानेपानी वितरण

रासस
जेठ १२, २०७७

ADVERTISEMENT

महालक्ष्मी नगरपालिका–८ लुभूमा आलोपालो खानेपानी वितरण गरिने भएको छ । खोलामा पानी सुक्दै गएको र आवश्यक मात्रामा दैनिक रुपमा खानेपानी भण्डारण गर्न नसक्दा उक्त निर्णय भएको हो । 

लुभूका एक हजार ३ सय घरपरिवारले तल्लो दोभान खानेपानी आयोजनाको पानी प्रयोग गर्ने गरेको लुभू खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष इञ्जिनीयर रामबहादुर श्रेष्ठले बताए । उनले भने, “हाम्रो आयोजनाभित्र रहेका यी सदस्यलाई दैनिक छ लाख लिटर खानेपानी वितरण गर्न आवश्यक पर्दछ । जेठ महिनाको गर्मी बढेसँगै दैनिक यतिमात्राको पानी सङ्कलन गरी वितरण गर्न नसक्ने भएपछि आलोपालो वितरण गर्न लागेका हाँै ।” 

लुभू मूलबाटोको उतरतर्फ बिहान र मूलबाटोको दक्षिणतर्फ भोलि बिहान तथा बिहान नआएकोे क्षेत्रमा केही समय बेलुका पानी वितरण गरिने श्रेष्ठले जानकारी दिए । उक्त खोलाको पानी पाइपबाट दुई किलोमिटर तल झारिएको छ । सो पानी शुद्धीकरण गर्ने विभिन्न चरण पार गरी व्यवस्थितरुपमा वितरण गरिएको छ । 

आफूहरुसँग डेढलाख लिटरको एक, दुई÷दुई लाख लिटरको दुई र अन्य थप गरी कूल आठ लाख लिटर पानी झण्डारण गर्ने क्षमता रहेको श्रेष्ठको भनाइ छ । 

हाल लुभूका एउटा घरलाई दैनिक ५०० लिटर पानी दिन थालेको आयोजनाका सचिव महेन्द्रदेव सिंहले बताए । उहाँले भन्नुभयो, “यस वडामा लुभू, चसिडोल, विसनडोल र शङ्खादेवी नामक चार वटा खानेपानी आयोजना छन् ।” लुभूको बजार क्षेत्र र पुराना बस्ती रहेको ठाउँका मानिसले मात्र यस आयोजनाको खानेपानी प्रयोग गर्ने गरेका सिंहले जानकारी दिए । 

गत वर्ष मङ्सिर–पुसबाटै खानेपानीको धेरै समस्या भएकोे तर यस वर्ष आकाशबाट पानी परिरहेकाले खासै समस्या नभएको स्थानीयवासी बताउँछन् । 
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि