जेठ ०६, २०८१, आइतबार
               

उपकुलपति र रजिस्ट्रार नियुक्त गर्न माग

रासस
जेठ १०, २०७७

ADVERTISEMENT

काठमाडाै‌ं ।पोखरा विश्वविद्यालय प्रजातन्त्रवादी प्राध्यापक सङ्घले उपकुलपति र रजिस्ट्रार नियुक्त गर्न माग गरेको छ । 

लामो समयदेखि रिक्त उपकुलपति र रजिष्ट्रार यथाशीघ्र नियुक्त गर्न संघले माग गरेको हो ।

विश्वविद्यालय लामो समयदेखि नेतृत्वविहीन बनेको भन्दै सङ्घले  विज्ञप्ति जारी गर्दै विश्वविद्यालयमा शैक्षिक एवं प्रशासनिक गतिविधि ठप्प भएकोप्रति गम्भीर ध्यानाकर्षण  गराएको छ । 

सङ्घका अध्यक्ष सञ्जीव थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा विश्वविद्यालय नेतृत्वविहीन बन्दा झन्डै ३० हजार विद्यार्थीको भविष्य अन्योलमा परेको उल्लेख गरिएको छ । 

साथै, संघले कोरोनाको सङ्क्रमणबाट बच्न सरकारले बन्दाबन्दी गरेदेखि नै विश्वविद्यालयका अध्ययन–अध्यापन, अनुसन्धान, परीक्षा सञ्चालन, परीक्षाफल प्रकाशनलगायत अन्य प्रशासनिक कार्य पूर्णरूपमा ठप्प हुन पुगेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

संघले रिक्त पदमा योग्य र सक्षम व्यक्ति नियुक्तिका लागि कुनै बाहना नगर्नसमेत सुझाब दिएको छ । पोखरा विश्वविद्यालयमा विगत आठ महिनादेखि उपकुलपति र रजिष्ट्रार पद रिक्त छ । 

२०७७ वैशाखदेखि परीक्षा नियन्त्रक, विभिन्न सङ्कायका डीन र विभिन्न केन्द्रका कार्यकारी निर्देशकको पद रिक्त भएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि