जेठ ०९, २०८१, बुधबार
               

कालीमाटीका सबै प्रहरी क्वारेन्टाइनमा

नेपाल फ्ल्यास
जेठ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । महानगरीय प्रहरी वृत्त कालिमाटीका दुई जना प्रहरी अधिकृतमा कोरोना संक्रमण देखिएपछि  डेढ सय प्रहरी अधिकृतलाई क्वारेन्टाइनमा राखिएको छ ।

महानगरीय प्रहरी वृत्त, कालिमाटी, कालिमाटी महिला सेल, ट्राफिक प्रहरी प्रभाग, मातहतको बल्खु, कलंकी र स्यूचाटारका प्रहरीलाई क्वारेन्टाइनमा राखिएको हो ।

दुई जना प्रहरी अधिकृतमा कोरोना संक्रमणको पुष्टि भएसँगै प्रहरी कार्यालय सिल गरिएको छ ।

सबै प्रहरी अधिकृत क्वारेन्टाइनमा राखिएपछि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले एक सय जनाको मद्दत टोली कालिमाटी पठाएको छ । 

संक्रमित सुरक्षाकर्मीलाई बलम्बुस्थित सशस्त्र प्रहरीको कोभिड–१९ विशेष अस्पतालमा राखिएको छ । मंगलबार साँझ उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि