काठमाडौं । महानगरीय प्रहरी वृत्त, कालीमाटीमा कार्यरत दुई जना प्रहरी अधिकारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि प्रहरीका ६ वटा इकाइ सिल गरिएको छ ।
कालीमाटी वृत्तसँगै रहेको महानगरीय ट्राफिक प्रहरी प्रभाग र महिला सेललाई सिल गरिएको हो । बल्खु, कलंकी र स्यूचाटार प्रहरी प्रभाग समेत सिल गरिएको छ ।
अब त्यहाँ रहेका सबै कर्मचारीको स्वाब संकलन गरेर परीक्षण गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
टेकुस्थित प्रयोगशालाले मंगलबार बेलुकी कालीमाटीका एक जना सई र जवानमा कोरोना भाइरस संक्रमण देखिएको विवरण प्रहरीलाई दिएको थियो ।
दुवै जना कालीमाटीको प्रहरी ब्यारेकमा बस्दै आएका थिए ।