बैशाख १७, २०८१, सोमबार
               

रिपोर्ट नेगेटिभ आएलगत्तै सिल गरिएका चार घर खुल्ला पारियो

नेपाल फ्ल्यास
जेठ ०७, २०७७

ADVERTISEMENT

ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं ६ सिद्धिपुरमा सिल गरिएका चारै घरको सिल खोलिएको छ ।

सिल गरिएको घरका व्यक्तिको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएलगत्तै सिल खोलिएको वडाध्यक्ष वासुदेव महर्जनले बताए । उक्त वडामा काठमाडौं उपत्यका बाहिरबाट आएकालाई बन्दाबन्दी भएदेखि नै प्रवेश निषेध गरिएको महर्जनले जानकारी दिए । 

उनले भने, 'वडा कार्यालय र स्थानीय बासिन्दा मिलेर हामीले गत बुधबार र बिहीबार वडामा अन्य जिल्लाबाट मानिस प्रवेश गरेको सूचनाको आधारमा गएर हेर्दा देखेपछि सिल गरेका थियौँ ।’


कस्तो लाग्यो ?

यो पनि