जेठ ०७, २०८१, सोमबार
               

कोरोनाको महामारीकैबीच मौसमको कहर, सतर्क रहन सुझाव

नेपाल फ्ल्यास
जेठ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । अहिले देशमा स्थानीय वायुको प्रभावसँगै अम्फान चक्रवातको अप्रत्यक्ष प्रभाव रहेको छ। चक्रवातको अप्रत्यक्ष प्रभावले मौसम बदलीसँगै पूर्वी भू–भागका धेरै स्थानहरु, मध्य भू–भागका  केही स्थानहरुमा र पश्चिमी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको छ ।

साथै हिमाली भू–भागहरुमा हिमपातको समेत सम्भावना रहेको छ । यसको कारणले खोलानालाहरुमा जलप्रवाहमा समेत बढोत्तरि हुने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको ।

हाल देशको सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश का सबै भू–भाग लगायत  प्रदेश नं ५ को केहि स्थानहरुमा मौसम सामान्यतया सफा रहेको छ भने बाँकी सबै भू–भागमा सामान्य बदली रही थोरै स्थानहरुमा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

बुधबार देशको पूर्वी  भू–भागहरुमा पूर्ण बदली तथा मध्य भू–भागमा सामान्य बदली रही पश्चिमी भू–भागमा आंशिक बदली रहनेछ। पूर्वी भू–भागका धेरै स्थानहरु, मध्य भू–भागका केही  स्थानहरुमा र पश्चिमी भू–भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङसहित हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ । पूर्वी तथा मध्य उच्च हिमाली भू–भागका केही स्थानहरुमा साथै पश्चिमी उच्च हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का देखि मध्ययम हिमपातको समेत सम्भावना रहेको छ ।

बिहीबार पनि देशको  मध्य तथा पूर्वी भू–भागहरुमा पूर्ण बदली रही पश्चिमी भू(भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी  भू–भागका केहि स्थानहरु र पश्चिमी भू–भागका १–२ स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्ययम वर्षाको  सम्भावना रहेको छ।

शुक्रबार देशको पूर्वी भू–भागहरु लगायत मध्य र पश्चिमी पहाडी भू–भागमा सामान्यतया बदली रहि बांकी भू(भागमा आंशिक बदली रहनेछ । पूर्वी भू–भागका केहि स्थानहरु साथै मध्य र पश्चिमी पहाडि भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित  हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि