जेठ ०६, २०८१, आइतबार
               

क्वारेन्टाइनमा बस्नेलाई दोसल्ला ओढाएर सम्मान

रासस
बैशाख २८, २०७७

ADVERTISEMENT

कोरोना भाइरसको जोखिम हुन नदिन गुठीचौर गाउँपालिका–१ मा तयार गरिएको क्वारेन्टाइनमा बसेर २५ जना १४ दिनपछि घर फर्किएकाहरुलाई गाउँपालिकाले खादा ओढाएर सम्मानसहित घर फर्काएको छ । स्थानीय सरकारको आग्रह र नियमलाई अनुशरण गर्दै क्वारेन्टाइनमा बसेको भन्दै वडाले सम्मानका साथ बिदाइ गरी घर पठाएको हो । 
 
क्वारेन्टाइनमा रहनेका लागि सो वडाले खाना र स्वास्थ्य सुविधाको राम्रो व्यवस्था गरेको  वडाध्यक्ष गणेश ऐडी जानकारी दिए ।  पशु सेवा केन्द्रको भवन र  खडकदेवी माध्यामिक विद्यालयमा क्वारेन्टाइन निर्माण गरिएको थियो । 

वडाध्यक्ष ऐडीका अनुसार १४ दिनसम्म नियमपूर्वक बसी वडालाई सहयोग गरेकाले सम्मानका साथ बिदाइ गरिएको हो । क्वारेन्टाइनमा बसेका मध्ये  सात जनाको आरडिटी परीक्षणपछि घर फर्काइएको छ । अन्य १८ जनाको पिसीआर गर्ने शर्तमा घर पठाइएको छ ।  क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड–२०७६ अनुसार उनीहरुलाई एक श्ययादेखि अर्को श्ययासम्मको न्यूनतम दूरी साढे तीन फिटको फरक थियो ।

लकडाउन अवधिमा यहाँ १० हजार ८३८ भित्रिएका छन् । ५२१ श्ययाको क्वारेन्टाइनमा २०५ जना बसेका छन् भने ९०५ जना १४ दिनपछि घर फर्केको शनिबार जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । त्यसैगरी ५१६ होम क्वारेन्टाइनमा बसेका छन् । 
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि