जेठ ०२, २०८१, बुधबार
               

बारीमा कुहिन थाल्यो तरकारी

रासस
बैशाख २६, २०७७

ADVERTISEMENT

धनगढी उपमहानगरपालिका–२ स्थित दीप टोल नजिकै चार बिघा जमिन लिजमा लिई व्यावसायिकरुपमा तरकारी खेती गर्दै आएका मुमताज गुप्ता उत्पादन भएको तरकारी बारीमै बिग्रिन थालेपछि चिन्तित भएका छन् ।

“बारीमा उत्पादन भएको तरकारी धनगढीको त्रिनगर कृषि उपज हाटबजार, चौराहाको रामजानकी सब्जीमन्डी र बजारका होटेलमा बिक्री गर्ने गर्थे”, उनले भने, “लकडाउनले बजार पूर्णरुपमा ठप्प भएपछि बिक्री गर्न एकदमै मुस्किल भएको छ ।”

उनले होटेल तथा फुटपाथमा लगाइएका ठेलामा चाउमिन, ममलगायत परिकारका लागि विशेषगरी प्रयोगमा आउने बन्दाको तरकारी त पूरैका पूरै बारीमै रहेको बताए । 

बारीमै फुटकर तरकारी लिने ग्राहक आउने गरेको भए पनि त्यो बिक्रीले व्यवसायमा केही हलचल नहुने उनको भनाइ छ । “दिनमा आठ÷दश किलो तरकारी बिक्री हुने गरेको भए पनि त्यो बिक्रीले आफ्नो लगानीसमेत उठ्दैन । उनले भने ‘लकडाउनअघि तीनदेखि पाँच क्विन्टलसम्म तरकारी बजार जाने गर्थ्यो तर हिजोआज अत्यन्त न्यून बिक्री भएका कारण ठूलो परिमाणमा उत्पादन भएका तरकारी त्यत्तिकै बारीमा खेर गइरहेको बताए । 

अहिले बारीमा २५ क्विन्टल पाकेको गोलभेडा, ६० क्विन्टलभन्दा बढी बन्दागोबीलगायत तरकारी बिक्रीका लागि तयारी अवस्थामा छन् तर कहाँ लगेर त्यो बिक्री गर्ने समस्या भइरहेको उनको गुनासो छ । 
    

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि