असोज ०६, २०८१, आइतबार
               

पोल्ट्री व्यवसायीलाई अनुदान

रासस
बैशाख २६, २०७७

ADVERTISEMENT

बन्दाबन्दीका कारण किसानले उत्पादन गरेका कुखुरा बिक्रीवितरणमा समस्या भएपछि अनुदान उपलब्ध गराइएको छ ।  छत्रकोट गाउँपालिकाले २७ कुखुरा फार्म सञ्चालक किसानका लागि रु तीन लाख ५४ हजार अनुदानस्वरुप उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थले जानकारी दिए ।

लकडाउनका कारण बजारमा कुखुरा बिक्रीवितरणमा समस्या परेको गुनासो आएपछि  पालिकाले किसानलाई अनुदान उपलब्ध गराएको हो ।  गाउँपालिकाले फार्मका सात हजार ८० ब्रोइलर कुखुरालाई प्रतिकुखुरा रु ५० का दरले अनुदान उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत पन्थले बताए ।

पालिकाले अनुदान उपलब्ध गराउन गाउँपालिका उपाध्यक्ष नर्मदा भण्डारीको संयोजकत्वमा प्रमुख प्रशासकीय अधिकृत र पशु सेवा शाखा प्रमुख सदस्य रहेको अनुगमन समिति गठन गरेको थियो । 

अनुगमन समितिले प्रत्यक्ष रुपमा पालिकाका सबै कुखुरा फार्मको अनुगमन तथा निरीक्षण गरी व्यवसायीलाई अनुदान उपलब्ध गराएको हो । गाउँपालिकाको अनुदान दिने निर्णयले व्यवसायी खुशी भएको छत्रकोट –२ पल्लीकोटका कुखुरा फर्म सञ्चालक डिल्लीराज खनालले बताए।  

बजारमा ब्रोइलर कुखराको मूल्य प्रतिकिलो रु १४० देखि १८० सम्म रहेको बताइएको छ ।  
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि