बैशाख १७, २०८१, सोमबार
               

हावाहुरीले उडायो ९ वटा घरका छानो

रासस
बैशाख २६, २०७७

ADVERTISEMENT

अर्घाखाँची । हावाहुरीले शीतगंगा नगरपालिकाका नौ घरका छानो उडाएको छ । त्यसबाट २५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । 

वडा नम्बर ४, १० र १२ आएको हुरीले आफ्नो घरको छानोसहित नौ जनाको घर र सात जनाको गोठको छानो उडाउँदा लाखौँको क्षति भएको जिल्ला समन्वय समिति सदस्य बलेन्द्र विश्वकर्माले बताए । 

हुरीले उडाएको छानाले दुई मोटरसाइकल तथा एउटा जिपमासमेत क्षति पुगेको छ । वडा नम्बर ८ मा केरा खेतीमा क्षति पुगेको छ । यस्तै, वडा नम्बर १० मा केही घरगोठ हुरीले उडाएको छ ।
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि