बैशाख १६, २०८१, आइतबार
               

पूर्व प्रमले गरे गृह जिल्लालाई स्वास्थ्य सामग्री हस्तान्तरण

रासस
बैशाख २५, २०७७

ADVERTISEMENT

कोभिड–१९ को जोखिम हुन नदिन पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले आफ्नो गृह जिल्लाका लागि अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ ।

क्षेत्र नं १ का सङ्घीय सांसदसमेत रहेका उनले जिल्ला समन्वय समितिले पाउने गरी काठमाडौंमा बस्दै आएका नेकपा कार्यकर्ता मनीष लिम्बू र कुनाल राईलाई हस्तान्तरण गरेका हुन् । 

ती सामग्रीमा थर्मल गन, स्यानिटाइजर, सर्जिकल मास्क, एन–९५ मास्क र पिपिइ सेट हस्तान्तरण रहेका छन् ।  यसभन्दा अघि  क्षेत्र नं २ बाट निर्वाचित सङ्घीय सासंद तथा पूर्व सभामुख सुवास नेम्वाङले समेत कोरोनाविरुद्धको  सामग्री हस्तान्तरण गरेका थिए ।

जिल्लाबाट निर्वाचित अन्य सांसदले पनि राहत तथा स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै आएका छन् ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि