जेठ ०६, २०८१, आइतबार
               

अन्तर्राष्ट्रिय उडान र सीमानाका जेठ १८ गतेसम्म बन्द

नेपाल फ्ल्यास
बैशाख २४, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय उडान र सीमानाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेका मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय रुपमै कोरोना भाइरसको महामारी बढीरहेको भन्दै बाह्य क्षेत्रबाट हुने खतरा रोक्न लागि अन्तर्राष्ट्रिय उडान र सीमानाका बन्द गर्ने निर्णय गरेको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले अन्तर्राष्ट्रिय उडान र सीमानाका जेठ १८ गतेसम्मका लागि बन्द गर्ने निर्णय भएको जानकारी दिए।

यसअघि अन्तर्राष्ट्रिय उडानमा जेठ २ सम्मका लागि प्रतिबन्ध लगाइएको थियो।

पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नेपाल–भारत आवतजावतमा दुईतर्फी रोक लगाइएको थियो। सरकारले यसलाई निरन्तरता दिएर अगाडि बढ्ने निर्णय गरेको हो। 

यो पनि