असोज ०६, २०८१, आइतबार
               

'रक्सी खानेलाई कोरोनाको जोखिम धेरै'

नेपाल फ्ल्यास
बैशाख २३, २०७७

ADVERTISEMENT

काठमाडौं । रक्सीलगायत अल्कोहलजन्य पदार्थकाे सेवनले शरीरको रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउने भएकाले कोरोना भाइरस संक्रमणको जाेखिम बढी हुने स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । 

आज भएकाे नियमित पत्रकार सम्मेलनमा निरन्तर अल्काेहल पदार्थ सेवन भइरहेमा कोरोना भाइरस संक्रमणको जोखिम समूहमा पर्न सकिने भन्दै सचेत रहन मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आग्रह गरेका छन् । 

धेरै मानिसहरूले अल्कोहल सेवन गरेको र मृत्यु भएको खबर पछिल्ला समयमा आइरहेको भन्दै लकडाउनको समयमा मानिसले धेरै अल्कोहल सेवन गर्न सक्ने र त्यसले दिमागमा नराम्रो असर पर्न सक्ने भएकाेले सचेत रहन प्रवक्ता देवकाेटाले आग्रह गरेका हुन् ।

 

यो पनि