असोज ०६, २०८१, आइतबार
               

कटुवा पेस्तोलसहित तीन पक्राउ

रासस
बैशाख २२, २०७७

ADVERTISEMENT

धनगढी उपमहानगरपालिका–७ देवरियास्थित जाखोरताल जङ्गलबाट कटुवा पेस्तोलसहित तीनजनालाई  प्रहरीले पक्राउ गरेको छ ।

क्षेत्रीय अनुसन्धान समूह (आरआइटी)का प्रहरी नायब निरीक्षक केशव जोशीको कमाण्डमा र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले धनगढी–१२ का २१  वर्षीय अविनाश थापा, सोही ठाउँका २० वर्षीय नब्बु नामले चिनिने नवराज बराइली र २५ वर्षीय विनोद कुँवरलाई पेस्तोलसहित आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

प्रहरीले उनीहरूको साथबाट पेस्तोलमा प्रयोग गरिने एक थान गोलीसमेत बरामद गरेको बताइएको छ । घटनाबारे थप अनुसन्धान थालिएको बताइएको छ ।
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि