बैशाख १६, २०८१, आइतबार
               

प्युठानमा तीन हजार परिवारलाई राहत

रासस
बैशाख २१, २०७७

ADVERTISEMENT

प्युठानमा लकडाउन प्रभावित दैनिक तीन हजार ६५ ज्यालादारी मजदूर परिवारलाई राहत वितरण गरिएको छ । जिल्लाका स्थानीय तहले सम्बन्धित वडामा गरेको लगत संकलनका आधारमा राहत वितरण गरिएको  सहायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थीले बताए । 

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले थालेको लकडाउनबाट प्रभावित  परिवारलाई स्थानीय पालिकाले अहिले पहिलो चरणको राहतस्वरुप खाद्य पदार्थ वितरण गरेका छन् ।

प्युठान नगरपालिका र माण्डवी गाउँपलिकाले दोस्रो चरणमा राहत वितरण गर्नका लागि लगत संकलन गरिरहेका छन् । प्युठानले मजदूर तथा विपन्न परिवारका लागि रु पाँच लाखभन्दा बढी रकमको खाद्य पदार्थ मौज्दात राखेको नगर प्रमुख अर्जुनकुमार कक्षपतिले बताए । 
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि