असोज ०६, २०८१, आइतबार
               

बाँकेका धर्मगुरुको रिपोर्ट नेगेटिभ

रासस
बैशाख २१, २०७७

ADVERTISEMENT

बाँके । बाँकेको नरैनापुर र नेपालगञ्जको बागेश्वरी मन्दिरबाट सङकलन गरिएको धर्मगुरुको स्वाबको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । 

नरैनापुरबाट ३१ मौलाना र सात पुजारीसहित ५६ जनाको स्वाब परीक्षण गरिएको थियो ।

त्यस्तै नेपालगञ्जको बागेश्वरी मन्दिरबाट पुजारीसहित ४०  र मेडिकल कलेजबाट तीन जनाको स्वाब परीक्षण गरिएकामा सबै नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका  कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार अब शनिबार सङ्कलित ९० जनाको स्वाब रिपोर्ट आउन बाँकी  छ । 

यसमा कोरोना सङ्क्रमित व्यक्तिका घरपरिवार, आफन्त र सम्पर्कमा आएका व्यक्तिसमेत छन् ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि