बैशाख २०, २०८१, बिहीबार
               

८२ पिन्ट रगत सङ्कलन

नेपाल फ्ल्यास
बैशाख १७, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरस रोगको नियन्त्रणका लागि सरकारले शुरु गरेको डकडाउन (बन्दाबन्दी) को समयमा रगत अभाव हुन नदिन ८२ पिन्ट रगत सङ्कलन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं १ ले आज यहाँ आयोजना गरेको रक्तदान कार्यक्रममा मध्यबानेश्वर क्षेत्रका ८२ जना स्थानीयवासीले रक्तदान गरे । 

सङ्कलित रगत नेपाल रेडक्रम (रक्तसञ्चार केन्द्र) भक्तपुरमा बुझाइने छ । लकडाउनको समयमा देशैभर रगत अभाव भइरहेको अवस्थालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको (नेकपा) काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं १ का इन्चार्ज अनिल शर्माले जानकारी दिए ।

यो पनि