असोज ०६, २०८१, आइतबार
               

*एकैदिन तीन जनामा कोरोना संक्रमण, ५७ पुगे संक्रमित

रासस
बैशाख १७, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले परीक्षणको दायरा बढाएसँगै शङ्कास्पद थप तीन जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको छ । 

टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका एक पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए । 

उनका अनुसार समुदायमा सङ्क्रमण बढेको छैन । तीनैजना भारतबाट नेपाल आएर क्वारेन्टाइनमा रहेका व्यक्ति हुन् ।

आज थप तीनजनामा सङ्क्रमण देखिएपछि सङ्क्रमितको सङ्ख्या ५७ पुगेको छ भने पूर्णरुपमा स्वस्थ भएर १६ जना घर फर्किएका छन् । 

अहिले ४१ जना सङ्क्रमित अस्पतालको आइसोलेशनमा छन् । 

सङ्क्रमित अन्यलाई अस्पताल लैजाने तयारी भइरहेको उनले जानकारी दिए । 

सङ्क्रमितको नजिक रहेका कन्ट्र्याक ट्रेसिङसमेत भइरहेको जनाइएको छ । 

* (राष्ट्रिय समाचार समितिबाट संक्रमित चार थपिएको सामग्री पाएको तर स्वास्थ्य मन्त्रालयद्वारा ३ जनामात्र थपिएको आधिकारिक जानकारी आएपछि अपरान्ह ५ बजे सच्याइएको : सम्पादक)

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि