काठमाडाैं । भरतपुर कोरोना अस्पताल अस्थाई अस्पतालमा अख्तियार दुरुपयोग आयोगले छापा मारेको छ ।
कोरोना अस्पतालमा विभिन्न सामग्रीहरु कर्मचारीले नै चोरी गरेको सीसीटीभी फुटेज बाहिरिएपछि भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको हो ।
मंगलबार दिउँसो हेटौँडाबाट गएको अख्तियार टोलीले अस्पतालमा छापा मारेको हो ।कोरोना अस्पतालमा आर्थिक अनियमितता गरिएको आशंकासमेत गरिएको छ ।