बैशाख १७, २०८१, सोमबार
               

हावाहुरी र असिनापानीले दुई घाइते, बालीनालीमा ठूलो क्षति

रासस
बैशाख १३, २०७७

ADVERTISEMENT

सर्लाहीमा शुक्रबार दिउँसो हावाहुरीसहित परेको असिना–पानीले जिल्लाको उत्तरी भेगमा ठूलो क्षति पुर्‍याएको छ । 

हावाहुरी र पानीसँगै परेको असिनाले बालीनालीमा ठूलो क्षति पुर्‍याउनुका साथै खेतमा काम गरिरहेका कामदार तथा वस्तुभाउ चराउन गएका गोठालासमेत घाइते भएका छन् । असिना लागेर बाख्रा, कुखुरा, कुखुराको चल्ला तथा रुखमा बस्ने चरासमेत मरेका छन् । 

असिनाले लालबन्दी नगरपालिका वडा नं १२, १३, १४, १५ र १६ मा केरा, मकै, आँप, तरकारी खेतीलगायत विभिन्न बालीमा क्षति पु¥याएको हो । असिनाले खपडा तथा टाली, एलबेस्टरले छाएका घरको छानोमा समेत क्षति पुर्‍याएको छ ।

हावाहुरीका कारण दर्जनौँ घरका छाना उडाएको छ भने कतिको घर, गोठसमेत भत्काएको छ । ईश्वरपुर नगरपालिका वडा नं १२ मा समेत असिनाले ठूलो क्षति पुर्‍याएको स्थानीयवासीले जनाएका छन् ।
     
यसैबीच, हावाहुरी र असिनापानीमा परेर लालबन्दी नगरपालिका–११ मा दुई घाइते भएका छन् । खेतमा काम गरिरहेको अवस्थामा असिनापानीले चुट्दा ६० वर्षीया जेसुनमाया घिसिङ र घरको जस्ता खसेर लाग्दा ७० वर्षीय लालबहादुर ब्लोन घाइते भएको वडाध्यक्ष दीपककुमार लामाले जानकारी दिए । घाइते जेसुनमायाको स्थानीय मेडिकलमा उपचार भइरहेको वडाध्यक्ष लामाले बताएका छन् ।


 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि