मंसिर ०७, २०८१, शुक्रबार
               

नेकपाद्वारा कोरोना कोषमा चार लाख

रासस
बैशाख १२, २०७७

ADVERTISEMENT

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्याङ्जाले कोरोना भाइरस रोकथाम र सहयोगको लागि सरकारले स्थापना गरेको कोषमा चार लाख रुपैयाँ जम्मा गरेको छ । 

नेकपा स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैह्रे (पारसं)ले बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई र प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङलाई दुई÷दुई लाख बराबरको चेक हस्तान्तरण गरेका हुन्  ।

उक्त रकम कोरोना भाइरसविरुद्ध खर्चिने प्रदेशका  मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बताए । प्रदेश ४ मा हालसम्म ३ जनामा कोरोना पुष्टि भएको छ । 
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि