बैशाख २८, २०८१, शुक्रबार
               

सांसद आलेद्वारा विद्यार्थीलाई राहत वितरण

नेपाल फ्ल्यास
बैशाख ०७, २०७७

ADVERTISEMENT

डोटीबाट निर्वाचित सङ्घीय सांसद तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का डोटी इन्चार्ज प्रेमबहादुर आलेले लकडाउनका कारण पीडित विद्यार्थीलाई राहत वितरण गरेका छन् । उनले कैलालीको धनगढीमा डेरा गरी अध्ययनरत विद्यार्थीलाई खाद्य सामग्री सहयोग गरेका हुन् । झन्डै महिनादिनदेखिको लकडाउनका कारण घर जान नपाएका र खाद्य सामग्री नभएका कारण विद्यार्थीहरूलाई छाक टार्न समस्या भएकाले उनले सहयोग गरेका हुन् । 

सांसद आलेका तर्फबाट नेकपाका युवा नेता विमल शाहीको नेतृत्वमा धनगढी नगरका विभिन्न क्षेत्रमा डेरा गरी बस्ने एक सय पाँच जनालाई खाद्य सामग्री वितरण गरिएको हो । लकडाउनका कारण अप्ठ्यारोमा परेका विद्यार्थीलाई छाक टार्न समस्या भएको गुनासो आएपछि खाद्य सामग्री वितरण गरिएको सांसद आलेले बताए ।

प्रति विद्यार्थी २५ किलो चामल, तीन किलो दाल, एक लिटर तेल र एक किलो नुन वितरण गरिएको शाहीले बताए । धनगढी उपमहानगर २ सन्तोषी टोल र चौराहा, वडा नम्बर ५ हसनपुर पिपल चौतारा, वडा नम्बर १ को शिवनगर पशुपति टोलमा डेरा गरी बस्ने विद्यार्थीहरूलाई राहत सामग्री वितरण गरिएको छ । यसअघि पनि  सांसद आलेले आफ्नै निजी खर्चमा डोटीका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले प्रयोग गर्ने स्वास्थ्य सामाग्री वितरण गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि