असोज ०६, २०८१, आइतबार
               

मापदण्ड तय गरेर मदिरा पसल खोल्न माग

नेपाल फ्ल्यास
बैशाख ०६, २०७७

ADVERTISEMENT

काठमाडौँ । लकडाउनको बेला मदिरा व्यवसायीहरूले ठुला व्यापारिक घरानालाई व्यापार गर्न दिएर आफूहरूलाई अन्याय गरेको बताएका छन् । मदिरा व्यवसायीहरूले लकडाउनका बेला आफ्ना पसलहरू हप्तामा केही दिन भए पनि खोल्न अनुमति मागेका छन् ।

पछिल्लो समय विश्वभर फैलिएको महामारीका कारण पछिल्लो करिब १ महिनादेखि नेपाल लकडाउनमा परेको र यस्तो बेला साना व्यवसायीहरूसमेत मारमा परेको बताउँदै सरकारले भाटभटेनीलाई खुला गर्न दिएर अन्यलाई अन्याय गरेको दाबी गरेका हुन् ।

यस्तो बेलामा अत्यावश्यक बाहेकका सबै सेवाहरू बन्द गरिएका छन् । तर सरकारले अत्यावश्यक सेवा मानिएका खाद्य, खुद्रा सामानका पसलहरू खुला गरेको छ । यही मौकामा खाद्य खुद्रा पसलहरूले मदिरा बेच्ने गरेको भए पनि मदिरा पसललाई भने खोल्नका लागि अनुमति नदिएको मदिरा व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष सोनाम शेर्पाले बताए । उनका अनुसार हाल किराना पसल तथा विभिन्न डिपार्टमेन्ट स्टोरहरूले भटाभट मदिरा पदार्थ अवैधानिक रूपमा बेचे पनि सरकारले यसमा ध्यान दिएको छैन ।

अध्यक्ष शेर्पाले मदिरा व्यवसायका पसलहरू हरेक दिन खोल्न नदिए पनि एक हप्ता एक वा दुई पटक खुलाउन अनुमति दिन माग गरे । ‘हामीलाई हरेक दिन खोल्न दिनु पर्दैन तर एक हप्तामा एक वा दुई पटक खोल्न दिनपर्छ, अमेरिका, स्पेन, चीन लगायतका मुलुकमा पनि यही विधि अपनाइएको थियो हामी मापदण्ड पूरा गरेर व्यवसाय गर्न तयार छौ’, अध्यक्ष शेर्पाले भने ।

सरकारले अत्यावश्यक सेवाबाहेकका पसलहरू बन्द गरेको आफूहरूलाई आपत्ति नभएको तर ठुला डिपार्टमेन्टबाट मदिरा बेचिरहेका र आफूहरूलाई भने बेच्न नदिएकोमा मात्र गुनासो भएको बताए । वैध मदिरा पसलहरू बन्द हुँदा राजश्वमा असर परेको र गुणस्तरहीन मदिरामा गोप्य विक्री बढेको पनि उनले गुनासो गरे । समस्या सबैलाई भएको तर व्यापारीलाई मात्र मर्का पर्ने र बैङ्कको व्याजबाट जोगिने अवस्था समेत नभएको उनको भनाइ थियो । सरकारले अत्यावश्यक सेवामा भिड नलाग्ने र मदिरामा मात्रै भिड लाग्ने जसरी मदिरा पसललाई मात्रै कडी लगाएको उनको आरोप छ ।

महासङ्घका अध्यक्ष शेर्पाका अनुसार अहिले सरकारको नियम भित्र बसेर लाइसेन्स लिई राजस्व तिरेर व्यवसाय गर्नेहरूले व्यवसाय बन्द गर्नु पर्दा घरेलु मदिराको बिक्री वितरण अधिक बढ्न गएर राष्ट्रको राजस्वसमेत गुमेको अवस्था सिर्जना भएको छ । त्यस्तै घरेलु मदिरा सेवनले नागरिकको स्वास्थ्यमा समेत गम्भीर असर परेको उनको दाबी छ । हाल मदिरा को ब्याबसाय लकडाउन को समयमा पनि अमेरिका दुबई, भारतलगायत देशहरूमा खुला गरिसकेको स्मरण गराउँदै नेपालमा भनेँ सरकारको नियममा बसेर राजस्व तिर्ने व्यवसायीहरू व्यवसाय गर्न तयार भएको पनि बताए ।

 


कस्तो लाग्यो ?

यो पनि