जेठ ०६, २०८१, आइतबार
               

क्वारेन्टाइनबाट भागेका एक जना नियन्त्रणमा

नेपाल फ्ल्यास
बैशाख ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नगर प्रवेश गर्ने तीन मुख्य नाकामा प्रहरीसहित स्वास्थ्यकर्मीको ‘हेल्थ डेस्क’ सञ्चालन गरेको छ । काभ्रेको सिमाना ढाडखोला र काठमाडौंसँगको सिमाना भोटेचौर तथा छाप भञ्ज्याङमा हेल्थ डेस्क सञ्चालनमा ल्याएको हो । ती नाका हुँदै धेरै आवतजावत हुने भएपछि नगरपालिकाले स्वास्थ्य जाँचपछि मात्रै नगर प्रवेश गराउने नगरपालिकाका स्वास्थ्य शाखाका सहइञ्चार्ज ज्ञानेन्द्र घोरासाइनेले जानकारी दिए । 

यही बाटो हुँदै मेलम्ची खानेपानीको सुन्दरीजल साइटमा बालुवा गिटीलगायत सामग्री ढुवानी हुने भएपछि स्थानीयको मागबमोजिम सुरक्षाका लागि पनि डेस्क सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ । 

यसैबीच मेलम्ची क्षेत्रीय क्वारेन्टाइनबाट भागेका मेलम्ची– १३ का एक जनालाई आज घरबाटै नियन्त्रणमा लिई पुनःक्वारेन्टाइनमा राखिएको नगर उपप्रमुख भगवती नेपालले जानकारी दिइन् । आइतबारदेखि सिसी क्यामेराका साथै सुरक्षा सामग्री जडान गरिने उनले बताइन् ।

यो पनि