बैशाख २१, २०८१, शुक्रबार
               

मस्जिदमा भेटिएका १२ जना कोरोना संक्रमित अस्पताल भर्ना

नेपाल फ्ल्यास
बैशाख ०६, २०७७

ADVERTISEMENT

विराटनगर । उदयपुरको मस्जिदमा भोटिएका १२ जना कोरोना संक्रमित मोरङ कोरोना अस्पताल भर्ना भएका छन् । 

एउटै मस्जिदमा भेटिएका ११ जना भारतीय र एक जना मोरङका नेपाली संक्रमितलाई प्रदेश १ सरकारले निर्माण गरेको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको हो । 

उदयपुरको मस्जिदमा बस्दै आएका १६ जनामध्ये १२ जनामा कोरोना संक्रमण भेटिएको हो । 

उदयपुरको स्थानीय प्रशासनले कोरोनाको आशंकामा १६ जनालाई नै विराटनगर पठाएको थियो । जसमध्ये ४ जना भने मोरङको टाडीस्थित क्वारेन्टाइनमा छन् । 

उनीहरुलाई कोशी अस्पताल विराटनगरको कोरोना विशेष अस्पतालले भर्ना लिन नमानेपछि  मोरङको टाडीस्थित क्वारेन्टाइनमा राखिएको  उदयपुरका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि