काठमाडौं । शुक्रबार उदयपुरमा रोना संक्रमित पुष्टि भएका १२ जनामध्ये ११ जना भारतीय नागरिक रहेका छन् । ती सबै १२ जनालाई अस्पताल भर्ना गरिएको छ ।
उदयपुरको मस्जिदमा लुकेर बसेका कोरोना संक्रमितलाई विराटनगरको कोशी अस्पतालको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको हो । शुक्रबार राति कोरोना संक्रमित भेटिएका १२ जनामध्ये एक जना नेपाली हुन् ।
उनीहरू सबैलाई कोसी अस्पतालको कोरोना विशेष आइसोलेसनमा राखिएको मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रले बताइन् ।