जेठ ०६, २०८१, आइतबार
               

सरकारका नाममा अन्तरिम आदेश जारी

नेपाल फ्ल्यास
बैशाख ०४, २०७७

ADVERTISEMENT

काठमाडाैं ।  सर्वोच्च अदालतले सरकारका नाममा बिहीबार अन्तरिम आदेश जारी गरेको छ । 

कोरोना भाइरसको महामारी फैलिएका देशबाट आफ्ना नागरिकलाई फिर्ता ल्याउने आवश्यक व्यवस्था गर्न सरकारका नाममा बिहीबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले यस्तो आदेश जारी गरेको हो । 

कोरोना भाइरसको महामारीको रुप लिइरहँदा विदेशी मुलुकहरुले पनि आफ्ना नागरिक फिर्ता ल्याइरहेको सन्दर्भमा यस्तो आदेश दिएको हो ।  

‘नेपाल आउँछौ, क्वारेन्टाइनमा बसौँला, परदेशमा भोकै मर्न लाग्यौँ’ सर्वोच्चले विदेशमा श्रम गरिरहेका नेपालीलाई फर्काउन दबाबसमेत आएको  सन्दर्भमा उचित व्यवस्थापन गरी फिर्ता ल्याउन भनेको हो । 

यो पनि